संसदमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’

काठमाडौं। नेकपा एमालेले संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमालेका मुख्य सचेतकले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *