रास्वपासँग संवादमा छौँ, दुई पार्टीले चाह्यौँ भने फरक सन्देश दिन सक्छौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीसँग रास्वपा मिल्यो भने फरक सन्देश दिन सक्ने प्रतिक्रिया दिएका छन्।

रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू छलफलमा रहेको बताए।

उनले भने, ‘हामी संवादमा पनि छौँ। सांसदको निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरेका थियौँ । त्यसमा सफल हुन सकेनौँ। भविष्यमा फेरि त्यस प्रकारको अभ्यास गर्नेछौँ।’

दुई वटा मिल्यो भने ३५ सीट हुन्छ नि ! भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनी थप्छन्, ‘हो हो, हामी दुई वटा पार्टीले चाह्यौँ भने फरक सन्देश दिन सक्छौँ।’

फरक समीकरणको सरकारमा बनाउने विषयमा राप्रपाको कुनै चासो नभएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *