गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

फाइल फोटो

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको अन्तिम सुनुवाइ सुरु भएको छ।

सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासमा शुक्रवारदेखि बहस सुरु भएको हो। बहस नसकिएपछि असार १८ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले अब विपक्षी रविका तर्फबाट मात्र बहस हुन बाँकी रहेको बताए।

लामिछानेलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित सर्वोच्चमा रिट परेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *