कतारबाट आएका व्यक्तिको कम्मरमा ६ तोलाको ब्रासलेट, विमानस्थलबाहिरबाट ३ जना पक्राउ

काठमाडौँ। कतारबाट काठमाडौं ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई पक्राउ गरेको हो।

उनले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार खाँकै जानकारीका आधारमा अन्य दुई जना पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासीको गैडाकोटका ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *