सवारी दर्ता किताबमा कीर्ते गरी नक्कली धनी बनेर विक्री, ४ जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सवारी दर्ता किताबमा कीर्ते गरी नक्कली सवारी धनी बन्ने र सवारी विक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको शिवनाथ-७ स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ-१३ बस्ने ३८ वर्षीय वीरेन्द्रसिंह साउद, रामेछापको लिखु तामाकोशी-५ स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय शान्तकुमार मगर, रहेको छन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिका-१ स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ-८ बस्ने ३८ वर्षीय मनोजकुमार सुनार बराली र डोटीको आदर्श-५ स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ-८ बस्ने ३२ वर्षीय पवन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट कीर्ते सवारी दर्ता किताब पनि बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार मनोजले यसअघि पनि सवारी साधनलाई डिक राखी नम्बर परिवर्तन गरेर चलाउने गरेको आरोपमा ५ लाख धरौटी तिरेर छुटेका थिए। यस्तै वीरेन्द्रले सवारी साधन दर्ता किताबमा फोटो र नागरिकताको प्रतिलिप दिएर फोटो टाँस्ने काम गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *