पपुलिजको आडमा बालेन हिटलर बन्न खोज्दैछन्, मेयरको घर अगाडि कवाडी थुपारौं : अमरेश सिंह (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पपुलिजको आडमा हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सिंहले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।

मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन सुरू हुने खतरा देखिएको उनको जिकिर छ ।

उनले भने, ‘सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छौं । किनभने महानगरले नै सिकाएको हो ।’

‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । उहाँले पनि सडक विभागको अगाडि फोहोर थुपारेको छ । म यही संसद्‌मार्फत तमाम कवाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं । किनभने टिट फर ट्याट ।’

उनले बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको आरोप लगाए ।

उनले थपे, ‘पपुलिजमको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए । तर, हिटलरको कारणले जर्मनीको के हाल भयो । आज पपुलिजमको आधारमा सबैले ताली बजाइराखेका छौं । बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ? विभेदमा चल्न खोजेको हो ? पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

अर्का सांसद प्रभु साहले पनि सांकेतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ मागे। सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उनको भनाइ छ ।

प्रहरीको लाठी चार्जका कारण मंगलबार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको उनको भनाइ छ ।

Comments

One response to “पपुलिजको आडमा बालेन हिटलर बन्न खोज्दैछन्, मेयरको घर अगाडि कवाडी थुपारौं : अमरेश सिंह (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    मेयरको घर अगाडि कवाडि थुपार्न त पहिला महानगरवासीको सामना गर्नुपर्ला । तर अब देशमा यस्ता कवाडि विचार भएका विकाउ नेताको काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *