प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा रविन कार्की चयन

डेनमार्क । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा राघवेन्द्र प्रताप सिंह कार्की (रविन) चयन भएका छन् । गत शनिवार कोपेनहेगनमा सम्पन्न मञ्चको छैटौं अधिवेशनले कार्कीलाई अध्यक्ष चयन गरेको हो । कार्की नेपालमा हुदाँ उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत थिए ।

अधिवेशनले उपाध्यक्षमा अमृत रिजाल, सचिवमा शैलेन्द्र राई, उपसचिव दीपा शर्मा र भुपेन्द्र सुवेदी तथा सदस्यहरुमा सुरेश पुन, मनोज न्यौपाने, भास्कर खनाल, गोकर्ण घिमिरे, किरण दीप, सुसन बरालसहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, विशेष अतिथि अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्लेले सम्वोधन गरेका थिए ।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं डेनमार्क इन्चार्ज सुरेन्द्र थपलिया, अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई, युरोप महादेश कमिटीका उपसंयोजक चन्द्रकान्त आचार्य, प्रवासी नेपाली मञ्च डेनमार्कका संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष कमल शर्माले शुभकामना मन्तव्य दिए ।

अधिवेशनमा डेनमार्कस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *