न्यूरोडमा सवारी निषेध प्रस्तावको विरोधमा उत्रिए स्थानीय (भिडिओ)

काठमाडौं । न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने उनीहरूको भनाइ छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको बताए । स्थानीय बासिन्दाको सम्पति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने धारणा राखे ।

त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जबर्जस्त कुनै काम गर्न नपाउने बताए । ऐतिहासिक स्थानलाई ‘नो भेहिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको उनको जिकिर छ ।

अर्का स्थानीय कोमल तुलाधरले न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको बताए ।

स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Comments

One response to “न्यूरोडमा सवारी निषेध प्रस्तावको विरोधमा उत्रिए स्थानीय (भिडिओ)”

  1. भोगेन्द्र लुइटेल Avatar
    भोगेन्द्र लुइटेल

    सबारि निषेध भएमा झन राम्रो हुनेहोनि तर निहित स्वार्थ को कारण विरोध गरिदैछ। पुरातात्विक महत्वको विश्व सम्पदा क्षेत्र जोगाउन सके झन पर्यटन क्षेत्रमा विकास हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *