सदनमा एमाले सांसदको प्रस्ताव- भारतसँगको सीमामा काँडेतार लगाऔं, पासपोर्ट सिस्टममा जाऔं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उनको भनाइ छ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः
केहीदिनदेखि तराईका जिल्लाहरुमा मानिसहरुमाथि गोली हालेको समाचार आइरहेका छन्। यसको मुल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला। तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ।
उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ। यसका लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतहरु जवाफहरु र आवश्यक सुविधा दिनुपर्छ। सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी बिशेष रुपले परिचालन गर्नुपर्छ।

Comments

One response to “सदनमा एमाले सांसदको प्रस्ताव- भारतसँगको सीमामा काँडेतार लगाऔं, पासपोर्ट सिस्टममा जाऔं (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    राम्रो विचार सिमानामा अन्तर्राष्ट्रिय स्तरको कागजपत्र बाट मात्र आउन जान दिउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *