डा. गोविन्द केसीको आक्षेप- सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि भन्दै करिब दुई दर्जन अनसन बसिसकेका र पछिल्लो समय राजनीतिक एजेन्डा समेत बोक्न थालेका डा. गोविन्द केसीले सर्वोच्च अदालतविरुद्ध विषवमन गरेका छन् ।

उनले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिन आदेश गर्ने न्यायाधीशलाई पार्टीका बफादार भ्रष्ट भनेका छन् ।

सर्वोच्च अदालतले झापाको बि एण्ड सी मेडिकल कलेजले सबै मापदण्ड पूरा गरेको भन्दै १५ दिनभित्र सम्बन्ध दिन सरकारको नाममा आदेश जारी गरेपछि केसीले अदालतको फैसलालाई जनघाती भनेका हुन् । उनले न्यायाधीशहरूलाई भ्रष्ट र पार्टीका बफादारको आरोप समेत लगाएका छन् ।

पछिल्लो पटकको अनसनमा कसैले वास्ता नगरेपछि आफैँ तोडेका केसीले सर्वोच्चको फैसला तुरुन्त नसच्याए फेरि सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

उनले चिकित्सा शिक्षा ऐन ध्वस्त बनाउने सुनियोजित प्रयास भइरहेको भन्दै त्यसमा न्यायाधीशहरूमाथि समेत टेबलमुनिबाट स्रोत लिएको आरोप लगाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाको झापाको एक अराजक व्यापारी भन्दै डा. केसीले विधि र मापदण्ड नपुगेको मेडिकल कलेजलाई सम्बन्धी दिनु भनी भएको फैसलाको पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाउन र फैसला सच्याउन माग गरेका छन् ।

उनले भनेका छन्- पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । त्यस मध्ये झापाको एक अराजक व्यापारीको मेडिकल कलेजको लागि मापदण्ड र प्रक्रिया दुवै नपुगेको अस्पतालको पक्षमा संक्षिप्त आदेश सम्म जारी नगरिएको सर्वोच्च अदालतको फैसला, मापदण्ड नपुर्‍याई सञ्चालनमा ल्याइएका विभिन्न कार्यकर्ता मियाहरूको नर्सिङ लगायत अन्य शिक्षालयहरूको पक्षमा निर्णय लगायत चिकित्सा शिक्षा आयोगको उपदायतामा ठेस पुग्ने धेरै निर्णय भए।

न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औँल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु भनी आदेश दिएको थियो ।

Comments

2 responses to “डा. गोविन्द केसीको आक्षेप- सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी”

  1. नेत्रप्रसाद नेपाल Avatar
    नेत्रप्रसाद नेपाल

    व्यापारी अराजक होइन गोविन्द केसी अराजक ।गोविन्द केसी माफिया ,बिचौलिया हो ।नेपाली पैसा विदेश पठाउने गिरोहको मतियार हो केसी सबै मिलेर यस्तो अराजक अपराधी लखेट्न जरुरी छ ।अनशन बसेर मरे पनि मर्न दिनुपर्छ गगनको हलिलाई ।जनताको नाममा पैसा विदेश पठाइ ठगेर खाने ठग हो केसी ।।

  2. ksp pyl Avatar
    ksp pyl

    मेडिकल माफियाको एजेण्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *