एक महिनाभित्र गाँजा खुला गर्न नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र सरकारले नियमावली ल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गाँजा औषधी विभिन्न सामग्री निर्माण गर्न सकिने भएकाले गाँजा खेती खुला गर्न लागेको बताए।

उनले भने, ‘यसबारे मन्त्रालयले काम गरिरहेको छ। एक महिनाभित्रै नियमावली आउँछ। छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको छ। यसमा हामीले दुबिधा राख्नुपर्ने अवस्था छैन।’

सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि गाँजा खेती खुला गर्ने उल्लेख गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *