सिभिललाई प्राप्त गरेपछि हिमालयन बैंक विराटनगर शाखाको स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका वडा नं १२, मोरङबाट आइतबारदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेकाे प्रेस तथा जन सम्पर्क अधिकृत शितल काेइरालाले जानकारी दिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएसस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न  बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *