एमाले बैठक- बजेटमाथि छलफलमा सहभागी हुनुअघि सांसदहरूलाई पूर्वअर्थमन्त्रीको प्रशिक्षण

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसिरहेको छ। संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी बैठकमा बजेटमाथि छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए।

उनका अनुसार बैठकमा पार्टीका सांसदहरुलाई पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलपार्टी महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडाले प्रशिक्षण दिइरहेका छन्।

भोलिबाट सरकारले ल्याएको बजेटमाथि छलफल सुरु हुन लागेकाले आज दलको बैठक राखेर प्रशिक्षण दिइएको छ।

बजेटमाथि सांसदहरुलाई प्रशिक्षणपछि अध्यक्ष ओलीले सम्बोधन गरेर बैठक टुंग्याउने तयारी छ। बैठकमा सांसदहरुलाई बजेटको पक्षमा प्रभावकारी भूमिका खेल्न अध्यक्ष ओलीले निर्देशन दिनेछन्।

यस्तै, बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा उठेको आशंकाको बिषयमा पनि छलफल हुने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *