वामपन्थी एकताको लागि ठूलै जोखिम उठाएर नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको लागि ठूलो जोखिम उठाएको बताएका छन् ।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी मोर्चा बनाउने र वामपन्थी ध्रुवीकरणको पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँगै सम्बन्धित रहेको बताए।

उनले भने, ‘क्रान्तिको बाटो सरल रेखाबाट जाँदैन। तर, हामी रणनीतिक रूपमा हामी कतातिर जाँदैछौं हामीले बनाएको समाजवादी मोर्चा, सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उठाएको जोखिम छ। अहिले जोखिम उठाएकै छ। राष्ट्र र जनताको लागि नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ। सरकारको तर्फबाट पनि सुशासन र सामाजिक न्यायको मात्रै कुरा उठाएका छैनौँ।’

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समाजवादको भ्रूण रोप्ने काम गरेको बताए।

उनले भने, ‘धेरै चुनौती र जोखिमहरू छन् । तर, जतिसुकै षड्यन्त्र भए पनि हामी एकताकै बाटो हिँड्ने हो। वामपन्थी र समाजवादीहरूको एकता।’

लामो संघर्षको बलमा सामन्तवाद र त्यसको राजनीतिक संस्थाहरूलाई परास्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु सानो उपलब्धि नभएको बताए।

उनले थपे, ‘अहिले हामी अर्को चरणको क्रान्तिमा प्रवेश गरेका छौँ। २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको गठन गर्दै गर्दा एउटा नयाँ जनवादी क्रान्तिको थालनी गर्दै गर्दा जनताको चाहना र वैचारिक स्पष्टताको लागि लामो संघर्ष गर्नुपर्‍यो। ६ दशकको लामो संघर्षपछि हामीले एउटा आधारभूत सफलता हासिल गर्‍यौँ। यद्यपि, त्यसलाई पूर्णता दिने काम अझै बाँकी छ।’

उनले आफूहरू अहिले समाजवादको नयाँ यात्रातिर अघि बढेको बताए।

उनले भने, ‘समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि ठूलो शक्ति सञ्चयको अपेक्षा गर्छ । त्यसैले समाजवादी क्रान्तिको कुरा गर्दा हामीले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ।’

Comments

One response to “वामपन्थी एकताको लागि ठूलै जोखिम उठाएर नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ : प्रचण्ड”

  1. Gopi K Sedhain Avatar
    Gopi K Sedhain

    अब के काे लागि अर्कने अान्दनेलन प्र ा ज्यु ?
    कि नेपालमन पुन गृह युद्ध मच्चायर किदेहि हस्तक्षेप निम्त्यायर नेपालकाे सारवभाेमसत्ता, स्वाधिनता र भाेगाेलिक अखण्डता लाड खणडित गराउने रणनिति कार्यान्यन गर्न त हाेला नि, कि कसाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *