बजेटमा कांग्रेसको टिप्पणी- सुधारको केही कुरा छैन, परिणाम अलपत्र हुन्छन् (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेटमा कुनै सुधार नआएको टिप्पणी गरेको छ । सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले बजेट वितरणमुखी भएको बताए ।

उनले भने, ‘बजेटमा सुधारका केही कुरा उल्लेख छैन । बजेट निर्माणमा बेथिति थियो, बजेट विनियोजन भई ठेक्का लगाउने प्रवृत्ति थियो बजेट कनिका छर्ने प्रवृत्तिलाई हामीले कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौं उहाँ मौन हुनुहुन्छ मैले बुझेअनुसार तीन करोडको कार्यविधिलाई तिलाञ्जली दिइसक्नुभयो ।’

उनले उत्पादन बढ्ने र लगानी आउने परिवेश पनि नदेखेको बताए । बजेटले धेरै कुरा छुने प्रयास गरेपनि परिणाम आउने आफूले नदेखेको महतको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *