काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षमा विभिन्न देशसँग सुपुर्दगी सन्धि गर्ने घोषणा गरेको छ । पारस्परिक कानूनी सहायता र सुपुर्दगी सम्बन्धमा विभिन्न राष्ट्रसँग सन्धिहरु गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका हुन् ।
बजेट भाषणका क्रममा उनले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरेका छन् ।
राष्ट्रिय सेवा दल तालिमलाई स्थानीय तहसम्म विस्तार गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।
यस्तै सुरक्षाकर्मीको निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिने पनि उल्लेख गरिएको छ । कारागारमा कैदीबन्दीको चाप कम गर्न खुला कारागारको अवधारणालाई प्रभावकारी कार्यान्वयन गरिने अर्थमन्त्री पुनले बताए ।

Leave a Reply