दलित विकास प्राधिकरण स्थापना गरिने

काठमाडौं । सरकारले दलित विकास प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्तिकरण कार्य गर्ने संरचना एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिनेछ ।’

दलित समुदायको रैथाने, सीप, ज्ञान र पेशाको आधुनिकीकरण गरी रोजगारी सृजना र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न २० करोड रुपैयाँ विनियोजन गरिने पनि अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *