सीके राउतले आज भृकुटीमण्डपबाट ‘नौलो गणतन्त्र’को आन्दोलनको उद्घोष गर्दै

जनकपुरधाम । डा‍. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्ने भएका छन् । जनमतले काठमाडौंको भृकुटीमण्डपमा आज उद्घोष सभा राखेको हो ।

सभाको सम्बोधन अध्यक्ष डा‍ राउत र सो पार्टीका नेताहरूले गर्ने बुझिएको छ । सोमवार मधेशका प्रायः गाउँबाट जनमतका नेता कार्यकर्ताहरू नाइट बसमार्फत काठमाडौं हिँडेका थिए । उनीहरू आज काठमाडौं पुगेका छन् ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्न लागेको जनमतका नेताहरू बताउँछन् ।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानासाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको जनमतको ठहर छ । सो पार्टीले अब विकासका लागि जनता नउठे देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको भन्दै ‘नौलो गणतन्त्र’को आन्दोलनमा होमिन जनमतले आह्वान गरेको छ ।

जनमतले आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान गर्दै भनेको छ, ‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ, जहिले पनि कुर्सीको लडाई छ । देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेका उद्योगधन्दाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदैछन् । आठ लाखभन्दा बढी युवाहरू वर्षेनि बिदेसिन बाध्य छन् । रोजगारी दिने त कहाँ हो कहाँ, वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गर्दैछ ।’

Comments

One response to “सीके राउतले आज भृकुटीमण्डपबाट ‘नौलो गणतन्त्र’को आन्दोलनको उद्घोष गर्दै”

  1. ksp pyl Avatar
    ksp pyl

    यो दलाललाई के चाहिएछ फेरि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *