ओलीलक्षित कांग्रेसका आरोपप्रति एमाले आक्रोशित, लिखित माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताएका छन्।

बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’

कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए।

पछिल्लो समय कांग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर प्रहार तीब्र बनाएका छन् ।

आइतवार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरीवन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।

Comments

2 responses to “ओलीलक्षित कांग्रेसका आरोपप्रति एमाले आक्रोशित, लिखित माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    अत र अपराधीहरूको गाउमा छाडेका डामेका साडेहरू को जमात हो कांग्रेस सधै अपराधीहरूलाई बोक्छ

  2. gobinda Avatar

    yemale vaneko chorharu ko jhunda ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *