हेटौंडा । चितवनमा केराकाे बाेट काट्दै हिड्ने चारजना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ मा रहेको पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको ३ सय १५ बोट केरा काटेको आरोपमा १२,१३ र १४ वर्ष उमेरको चार जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुले गत जेठ १ गते राति ११ बजे उनीहरुले केराको बोट काटेका थिए । प्रहरीले उनीहरुको परिचय गोप्य राखेको छ । उनीहरुको नाम परिवर्तन गरेर प्रहरीले मगनीचोक (१३ वर्ष), होलिल्याण्ड (१४ वर्ष) चौबिसकोठी (१२ वर्ष) र धुसरी (१४ वर्ष) राखेको छ ।

Leave a Reply