मस्कोको आतंककारी हमलामा युक्रेनी गुप्तचर निकाय जोडिएको रुसको दाबी

काठमाडौं । रुसले मस्कोको क्रोकस हलमा भएको आतंककारी हमलामा युक्रेनी गुप्तचरको सहभागिता भएको आरोप लाएको छ ।

रुसको गुप्तचर निकाय एफएसबी एलेक्जेन्डर बोर्तनिकोभले यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार अनुसन्धान अझै जारी भएतापनि सबैजसो अनुसन्धानको कुरा युक्रेनतर्फ सोझिएको बताए ।

उनले भने, ‘मस्कोको आतंककारी हमलापछि युक्रेन छिर्न आतंककारीहरूलाई ठाडो आदेश दिइएको थियो । युक्रेनी सीमा उनीहरूको लागि खुला गरिएको थियो ।’

गत मार्च २२ मा मस्कोको क्रोकस सिटी हलमा भएको आतंककारी हमलामा परेर १४४ को मृत्यु भएको थियो भने झण्डै ६०० घाइते भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *