विश्वकपको पूर्व सन्ध्यामा क्यानडाले बर्खास्त गर्‍यो प्रशिक्षक दासानायके

काठमाडौं। आईसीसी टी-२० विश्वकपको पूर्व सन्ध्यामा क्यानडाले प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले केही खेलाडीहरूले लिखित असन्तुष्टि व्यक्त गरेपछि क्यानडा क्रिकेट बोर्डले दासानायकेलाई बर्खास्त गरेको उल्लेख गरेका छन्।

दासानायकेकै प्रशिक्षणमा क्यानडाले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तिदेखि टी-२० विश्वकपमा छनोटसम्मको उपलब्धि हासिल गरेको थियो।

दासानायके नेपाल र अमेरिकाका पूर्व प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *