कैलाश सिरोहियाको बचाउमा मह जोडी, लोकतन्त्र ल्याउन भूमिका खेलेको दाबी

काठमाडौं । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा प्रतिक्रिया दिएका छन् । दुवैले सिरोहियाको बचाउ गर्दै उनी अदालतबाट निर्दोष ठहरिने आशा व्यक्त गरे ।

कान्तिपुर टिभीसँग कुरा गर्दै हरिवंश आचार्यले नेपालमा लोकतन्त्र ल्याउन कान्तिपुर र सिरोहियाले भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

उनले भने, ‘२०४६ सालदेखि ०६२ सालसम्म जुन–जुन मुभमेन्टहरु भए, त्योबेलामा कान्तिपुर पब्लिकेसन्स, विशेष गरी कैलाश सिरोहियाजीहरु र हामी सँगसँगै बसेर अभियानमा लागेको हो । अहिलेको ओपन परिस्थितिको वातावरण सिर्जना नेपालको प्रेस जगतले पनि गरेको हो । त्यसमा कैलाशजी र कान्तिपुर मिडियाको ठूलो भूमिका छ ।’

आचार्य थप्छन्, ‘अब यो अदालतको कुरा भयो । अदालतमा यो केस पुगिसक्यो । मलाई जहाँसम्म लाग्छ, अदालतले निर्दोष साबित गर्छ होला र उहाँको रिहाइ हुन्छ ।’

मदनकृष्णले सिरोहियालाई पक्राउ गरिएकोमा दुख व्यक्त गरे ।

उनले भने, ‘कैलाश सिरोयिहाजस्तो व्यक्तिलाई यस्तो पर्‍यो । सुन्दाखेरि पनि मज्जा लाग्दैन । सञ्चार क्षेत्रमा यो नमिठो अवस्था आयो । रामायणमा रामले लक्ष्मणलाई राजनीति भनेको के हो भनेर सोध्दा रावणसँग गएर सोध भन्छ । राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ । तर रविजीको तरिका ठिक भएन । मुद्दा अदालतमा गएको छ । अदालते फैसला राम्रै गर्ला ।’

Comments

14 responses to “कैलाश सिरोहियाको बचाउमा मह जोडी, लोकतन्त्र ल्याउन भूमिका खेलेको दाबी”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    अब मह प्रिय रहेन।

    1. श्री प्रसाद गुरूङ Avatar

      मह त नक्कली परेछ नेपाली जनता लाई बर्षौं देखी झुक्क्याउन सफल अंन्तत सीरोहीया नामक बिषादी मिश्रित भयको ठहर र नेपाली जनता को लागी अत्यन्तै खतरनाक जहर प्रमाणित। मह मुर्दाबाद।

      1. Manoj Tamang Avatar
        Manoj Tamang

        लोक तन्त्र ल्याउन सहयोग गर्यो भन्दैमा ति देस द्रोहि लाइ २/२ वटा नागरिकता लिएर ब्यापार गर्न सकिन्छ ???

  2. binod gyawali Avatar
    binod gyawali

    आफ्ना कर्मचारीलाई तलब मात्र नदिएको रहेछ मान्छे धेरै नै पालेको रहेछ कान्तिपुर समुहले । अदालतले निर्दोष सावित गर्छ रे कस्तो अचम्म ! अनि नागरिकता नम्बर के हो नि हरिवंश दाई ? अनि तिनको नागरिकता बंशज नै हो त ? अनि तिनको नागरिकतामा कसैले प्रमाणित गर्नु नै नपर्ने हो त ? अनि नागरिकता लिदाँ कागजपत्र पेश नै गर्नु नपर्ने हो त ? म पनि अब मिडिया हाउस चलाउछु ।

  3. shivahari pokharel Avatar
    shivahari pokharel

    महजोडीको सम्मानमा आच आयो त । के भएको हो यो । अदालतको आदेशलाइ नहेरेको भन्या ??? कोही कसैले कुनै बेला राम्रो भुमिकामा थियो भने सधैं त्यही अवस्थामा रहन्छ भन्या??
    अब चाहि मह जोडीको बुद्धिमा बुढेसकालको खियाले भेटेछ । यी त।कैलाशको हन्डी खान पर्ने त होइनन । बुद्धिमा खिया लागेकै भन्दा ठिक होला ।

  4. BISHOW RAJ ADHIKARI Avatar
    BISHOW RAJ ADHIKARI

    २ बिदेशी को एजेन्ट भन्ने थाहा भयो अन्तिम घटीमा

    1. Parkdhong Avatar
      Parkdhong

      महको नाममा कलन्क नै रहेछन छि छि छि कान्तिपुर बाट तलब खानेहरु को नाम सबै थाहा हुदैछ

  5. bishal Avatar
    bishal

    यत्रो बर्ष कमाको नाम आगोमा स्वाहा दलाली गरेर कमाको रहेछ बल्ल थाहा भयो

  6. Pratap Avatar
    Pratap

    ठिकै गर्यौ मह-जोडी! नमकको सोझो गर्ने जात नै हो नेपाली। जाबो २-३ करोड नेपालीको सद्भावले के हुन्छ आजको भौतिक दुनियाँमा? अजश्र भौतिक लाभ नै प्राथमिक हो। तिमिहरु त के ? बडे-बडे क्रान्तिकारीहरुका नमक-रिझ्याँई देखिसकिएपछी! तिमिहरुको बाँकी जीबन भौतिक शुखमा नै बितोस!

    1. जन भक्त Avatar
      जन भक्त

      कलाकार होइनन् यिनिहरु कुलाङार पो रहेछ कृते नागरिकता मा समायेका आरोपित राम्रो देख्ने अँखा भएका आफ्नो देश भन्दपनी पैसामा बिक्ने कुलाङार हरु हुन यिनिहरु

  7. सकुल Avatar
    सकुल

    ??????????? आज बाट नहि मह जोडी को पनि तिरस्कार गरौं

  8. प्रतीक Avatar
    प्रतीक

    तपाईंहरू अहिले हतारमा नबोलेकै भए राम्रो हुन्थ्यो ।

    1. रामेश्वर पराजुली Avatar
      रामेश्वर पराजुली

      महमा सख्खर-चिनी मिसिएकाे अनुभूति हुने काम नगराैँ । सिराेहियाकाे ब्यापार स्वच्छ-स्वतन्त्र थिएन,छैन र हाेईन भन्ने जमात पनि छ । पक्राउकाे निहुँ नागरिकता हाे तर बीउ पुरानै हाे । मह जाेडिकाे सद्भाव-प्रमाण पत्र फलिभुत हाेस् तर सिराेहियाकाे ब्यापार स्वच्छ,स्वतन्त्र र निश्पक्ष बनाेस् शुभकामना ।

  9. sur bahadur Avatar
    sur bahadur

    मह जोडी पनि सिरोहियाबाट पाल्पाकै रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *