सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती

वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा कैलाश सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको जाहेरी पर्‍यो । र, प्रहरीले हिरासतमै लिएर अनुसन्धान गर्नुपर्ने दाबीसहित ६ वटा आधार र कारण खुलाएर जिल्ला अदालत धनुषासँग पक्राउ अनुमति माग्यो । अदालतले अनुमति दिएकै दिन सिरोहिया मंगलबार काठमाडौंबाट पक्राउ परे । र, धनुषा लगियो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उनीविरुद्धको अभियोगमा अनुसन्धान गर्न अदालतले बुधबार पहिलो पटक तीन दिनको म्याद दिएको छ ।

कतिपयको प्रश्न छ- नागरिकता विवादमा सिरोहियालाई पक्राउ नै गरिहाल्नुपर्ने थियो र ? प्रमाण नष्ट गर्न सक्ने ठाउँमा नभएका उनलाई हतार-हतार किन समातियो ? कतै गृहमन्त्रीले आफूविरुद्ध कान्तिपुरमा लगातार आएका समाचारको प्रतिशोध त साँधेनन् ?

पक्षधरताअनुसार यी प्रश्नको जवाफ हो वा होइनमा मात्र सीमित छैन, व्याख्यात्मक टिप्पणीमा समेत आइरहेकै छन् ।

प्रहरीले दिएको ६ वटा आधार र कारणमा सहमत भएर जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न अनुमति दिएको हो । न कि उनी गृहमन्त्रीको आदेशमा पक्राउ परेका हुन् । तर, प्रचार चाहिँ सरकार अधिनायकवादी भयो, स्वतन्त्र प्रेसमाथि आक्रमण गर्‍यो, गृहमन्त्रीले प्रतिशोध साँधे भनेर भइरहेको छ ।

स्वतन्त्र न्यायालयको पक्षमा हौं भन्नेले नै सिरोहिया अदालतको अनुमतिमा पक्राउ परेका हुन् भन्ने तथ्य लुकाएर भ्रम छरिरहेका छन् ।

सञ्चारमाध्यमले पत्रकारिताको दुरुपयोग कुन हदसम्म गर्छन्, आफूलाई फाइदा हुनेमात्र सूचना कसरी प्रवाह गर्छन् र अघोषित ‘सिन्डिकेट’ कसरी खडा गर्छन् भन्ने तथ्य कैलाश पक्राउ प्रकरणमा फेरि छताछुल्ल भएको छ ।

अधिकांश सञ्चारमाध्यमले कैलाश पक्राउ पर्नुका कारण लुकाएका छन् । अनि, राज्यले प्रतिशोध साँधेको, प्रेस स्वतन्त्रतामा धावा बोलेको र लोकतन्त्रमाथि नै प्रहार गरिएको जस्ता बेतुकका र असम्बन्धित विषय उचालेका छन् । कैलाशको पक्राउसँग कसैगरी पनि नजोडिने विषयलाई अतिरञ्जित बनाएर नेपाली प्रेसले मूल धर्म बिर्सिएर फेरि एक पटक विधिलाई भन्दा व्यक्तिलाई माथि राख्न खोजेको छ । विधिको पक्षमा छौं भन्नेले यसरी जग हँसाउनु हुन्नथ्यो ।

कैलाशको पक्राउसँग कसैगरी पनि नजोडिने विषयलाई अतिरञ्जित बनाएर नेपाली प्रेसले मूल धर्म बिर्सिएर फेरि एक पटक विधिलाई भन्दा व्यक्तिलाई माथि राख्न खोजेको छ । विधिको पक्षमा छौं भन्नेले यसरी जग हँसाउनु हुन्नथ्यो ।

प्रहरीको दाबीमा सिरोहियालाई पक्राउ गर्नुपर्ने ६ वटा आधार र कारण छन्, जसलाई अधिकांश सञ्चारमाध्यमले लुकाए ।

१. निज कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको, तर निजले नागरिकता लिनुपूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको देखिएको ।

२. जिल्ला प्रशासन कार्यालय धनुषाको च.नं. १३२१३, मिति २०८१/१/२० को पत्रानुसार प्राप्त जवाफमा २०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु/आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरुको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरु गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएको (नाम प्रष्ट नभएको) कैलाशप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको ।

३. निज कैलाशप्रसाद सिरोहियाले वि.सं. २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्ड पुस्तिका (ढड्डा)मा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीले दस्तखत गरेको नपाइएको, जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको । उक्त रेकर्डमा जन्ममिति उल्लेख नरहेको ।

४. सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्ममितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरुको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको ।

५. निज कैलाशप्रसाद सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्ममितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष, जन्ममिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको ।

६. निज कैलाशप्रसाद सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजातहरुको अभिलेख फेला नपरेको ।

न्यायपालिकाप्रति उनले विश्वास र आस्था देखाए । तर, नागरिकताका विषयमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीलाई भने उनले विषयान्तर गरेर प्रेस स्वतन्त्रता र कान्तिपुरको पत्रकारितासँग जोडे ।

सञ्चारमाध्यमको पक्षधरता हुँदैनथ्यो, तथ्यपरक र सन्तुलित हुन्थे अनि, कसैबाट प्रभावित हुँदैनथे भने तिनले सिरोहिया पक्राउ पर्नुका यी आधार र कारणलाई पनि स्थान दिन्थे । पत्रकारिताको न्यूनतम मूल्य-मान्यता ख्याल गर्थे, सम्पादकीय स्वतन्त्रताको सदुपयोग गर्थे वा अमूक सञ्चार उद्यमीको स्वार्थपूर्तिको औजार बन्दैनथे भने सिरोहिया पक्राउका स्पष्ट र मूर्त कारण लुकाएर बेतुकका सन्दर्भ जोड्दैनथे । सिरोहिया पक्राउ पर्नुका ६ आधार र कारण चाहिँ लुकाएर घटनाक्रम र प्रतिक्रियामात्रै समाचार ! यो पेशागत बेइमानी हो ।

सिरोहिया पक्राउ पर्नुका कारण, पक्राउको घटनाक्रम, पक्राउपछिको प्रतिक्रिया, सम्पादकीय टिप्पणी वा विश्लेषण ….. यसरी नै होइन न्यूजरुमले ‘कन्टेन्ट’ पस्किनुपर्ने ? तर, अधिकांश सञ्चारमाध्यमले पक्राउको मूल कारण लुकाएर सिरोहियाको भक्तिगान पस्किए । अनि, प्रेस स्वतन्त्रतामाथि नियोजित आक्रमण भएको कुर्तक गरे । पत्रकारिता यसरी एक पक्षीय हुनु हुँदैन । नेपाली पत्रकारिताको कुनै एक मानक कैलाशको सञ्चार सम्बद्ध कम्पनी होला, उनी होइनन् ।

सिरोहिया सम्बद्ध सञ्चार संस्थाले त आफ्नो मालिकको पक्षपोषण गर्ने नै भयो । तर, अरु सञ्चारमाध्यम पनि किन सिरोहियाकै सती गए ? समीक्षा हुँदै जाला । तर, सिरोहिया पक्राउ प्रकरणमा नेपाली प्रेसले इतिहासकै सबैभन्दा ठूलो गल्ती गरेको छ । तर्क जे सुकै गर, सत्य लुकाएर मिथ्याको प्रचार पत्रकारिता हुनै सक्दैन । एउटा व्यक्तिलाई काँधमा बोकर आफै विश्वसनीयताको परीक्षामा होमिनुपर्ने नेपाली प्रेसको यो दुःखान्त कुन चाहिँ सच्चा पत्रकारको मनमा नगढ्ला र !

यहाँ बिर्सनै नहुने तथ्य हो- जाहेरी परेपछि पक्राउविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुग्नु । अर्थात्, न्यायपालिकाप्रति उनले विश्वास र आस्था देखाए । तर, नागरिकताका विषयमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीलाई भने उनले विषयान्तर गरेर प्रेस स्वतन्त्रता र कान्तिपुरको पत्रकारितासँग जोडे ।

एउटै प्रकरणमा एकातिर अदालतको ढोका ढकढक्याउन जाने अनि अर्कोतिर अदालतकै पक्राउ अनुमतिलाई गृहमन्त्रीको प्रतिशोध भन्दै प्रेस स्वतन्त्रतातर्फ विषयान्तर गर्ने सिरोहिया प्रवृत्तिको साक्षी मात्रै बसेन सती नै गयो नेपाली पत्रकारिता ।

हिजो ज-जसले सिरोहियाको मूल मुद्दालाई विषयान्तर गरेर भ्रम छर्न खोजे, तिनले आफ्नै स्वाभीमानमा प्रहार गरे । अदालतले पक्राउ गर भनेको व्यक्तिका लागि पत्रकारिताको यो हदको दुरुपयोग गर्ने गराउने पात्र र प्रवृत्तिबारे पत्रकारिताकै विद्यार्थीले एक दिन कालो इतिहासका रुपमा अवश्य पढ्नेछन् ।

‘द डार्क फाइल’ प्रकरणमा अदालतले नै ‘सीधा कुरा’का दुई जना पत्रकारको हुर्मत लिँदा रमिते बनेका पत्रकार महासंघका पदाधिकारी, वरिष्ठ भनिएका सम्पादक/पत्रकार र नूनको सोझोको बाध्यतामा रहेका ‘श्रमजीवी’ पत्रकारले सेन्ट्रल बिजनेश पार्कमा हिजो सत्य लुकाउँदै मिथ्या प्रचारका लागि जे-जे गरे वा बोले त्यो पत्रकारिताको पतन र सिरोहियाको उत्थानका लागि कोशेढुंगा सावित हुनेछ । हिजो ज-जसले सिरोहियाको मूल मुद्दालाई विषयान्तर गरेर भ्रम छर्न खोजे, तिनले आफ्नै स्वाभीमानमा प्रहार गरे । अदालतले पक्राउ गर भनेको व्यक्तिका लागि पत्रकारिताको यो हदको दुरुपयोग गर्ने गराउने पात्र र प्रवृत्तिबारे पत्रकारिताकै विद्यार्थीले एक दिन कालो इतिहासका रुपमा अवश्य पढ्नेछन् ।

सीमित स्वार्थ समूहले भ्रम फैलाए पनि दुनियाँले क्रमशः बुझ्नेछ- सञ्चार सम्बद्ध कम्पनीको अध्यक्ष भएका कारण होइन, उसको अध्यक्षतामा रहेका सञ्चारमाध्यममा आएका समाचारका कारण पनि होइन, सिरोहिया नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन्, त्यो पनि अदालतको अनुमतिमै ।

सिरोहियालाई जस्तै आरोप अर्को कुनै ‘हाइ प्रोफाइल’का व्यक्तिलाई लागेको भए, पत्रकारहरुले यसैगरी बचाउ गर्थे ? पक्राउविरुद्ध अभिव्यक्ति दिन्थे ? प्रधानमन्त्रीलाई पत्र लेख्थे ?

गर्दैनथे । दिँदैनथे । लेख्दैनथे । तुरुन्त पक्राउ गरेर अनुसन्धान गर भनेर दबाब बढाउँथे । सिरोहियाका लागि एउटा र अन्यका लागि अर्कै व्यवहार र बोली …! यो पेशाप्रतिकै गद्दारी हो ।

सञ्चारमाध्यमको कार्यालय, अझ कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरियो, पञ्चायत कालमा पनि नभएको व्यवहार राज्यले ग¥यो भनेर पनि रोइकराइ जारी छ ।

व्यक्ति जहाँ छ, प्रहरीले त्यही गएर समाउने हो । उनी सडकमा हिंडिरहेका हुन्थे त प्रहरीले सडकमै समाउँथ्यो । घरमा हुन्थे त घरबाटै लैजान्थ्यो । सिरोहिया कार्यालयमा थिए, प्रहरी समात्न त्यही पुग्यो, के अनौठो भो ! पत्रकारितासँग असम्बन्धित विषयमा सञ्चारमाध्यमको कार्यालयबाट पक्राउ पर्ने सिरोहिया पहिलो व्यक्ति होइनन् । र, अन्तिम पनि हुने छैनन् ।

बताइएअनुसार पक्राउ गर्न गएका प्रहरीले सिरोहियालाई आफैं तल आउन भनेका थिए । तर, तल झर्नुको सट्टा उनी शक्ति प्रदर्शनतर्फ लागे । गुहार माग्दै कांग्रेसका नेता/सांसद, पत्रकार महासंघका पदाधिकारी, वरिष्ठ भनिएका सम्पादक र कानून व्यवसायीलाई बोलाउन लगाए । अनि, कीर्ते नागरिकताको विषयलाई प्रेस स्वतन्त्रता र कान्तिपुरविरुद्ध गृहमन्त्रीको प्रतिशोध भनेर बेतुकको हल्लाबाजी गर्न लगाए । भेला भएकाले सिरोहियाको आज्ञा शीरोपर गरे ।

सीमित स्वार्थ समूहले भ्रम फैलाए पनि दुनियाँले क्रमशः बुझ्नेछ- सञ्चार सम्बद्ध कम्पनीको अध्यक्ष भएका कारण होइन, उसको अध्यक्षतामा रहेका सञ्चारमाध्यममा आएका समाचारका कारण पनि होइन, सिरोहिया नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन्, त्यो पनि अदालतको अनुमतिमै ।

पक्राउअघि जारी गरेको भिडियो सन्देशमा आरोपबारे केही नबोलेका सिरोहियाले सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखे, तर म निर्दोष छु र कानूनी प्रक्रिया स्वीकार्छु भन्ने हिम्मत चाहिँ गरेनन् ।

कतिपयले गृहमन्त्री रवि लामिछानेले कैलाशविरुद्ध प्रतिशोध साँधे भन्ने आरोप लगाइरहेका छन् । यो कसैले कसैलाई प्रतिशाेध साँध्नुपर्ने होइन, कानून आकर्षित हुने विषय थियो/हो । जाहेरी पर्‍यो । अदालतले अनुमति दियो । प्रहरीले समात्यो । अब प्रहरीले अनुसन्धान गरेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछ । सरकारी वकिलले अदालतमा मुद्दा लैजाने/नलैजाने निर्णय गर्छ । मुद्दा लगे अदालतले थुनछेक बहससँगै जमानतमा छोड्छ या पुर्पक्षमा पठाउँछ । यही होइन र कानूनी प्रक्रिया ? यहाँ गृहमन्त्रीलाई जोड्नुपर्ने कारण केही छ ?

यत्रो कोकोहोलो गरेपछि अदालती बहसमा सरकार (गृहमन्त्री)ले प्रतिशोध साँधेका हुन्/होइनन् भन्ने विषयले प्रवेश पाउला नै । मिडियाका भ्रमपूर्ण हेडलाइन र समाचारले होइन तथ्य र प्रमाणले प्रतिशोध साँधेको पुष्टि भयो भने अदालतले सरकार (गृहमन्त्री)लाई समेत कानूनअनुसार कारबाही गर्न/गराउन भन्ला । अदालतले प्रतिशोध साँधेको पुष्टि गरेन र सिरोहियाको पक्राउ कानूनी प्रक्रियाअनुसारकै रहेको पुष्टि भयो भने पत्रकारितामाथि प्रहार भयो भनेर अहिले रुवाबासी गर्ने वरिष्ठ पत्रकार पेशागत बेइमानीका लागि प्रायश्चित गर्न तयार होलान् ?

अदालतले सिरोहियाको नागरिकताबारे अन्तिम निर्णय ढिलो/चाँडो दिनेछ । दोषी भए कारबाही भोग्लान्, निर्दोष भए सफाइ पाउलान् । सफाइ पाए भने प्रतिशोधको शिकार भएँ भनेर क्षतिपूर्ति दाबी गर्दै फेरि अदालत जाने बाटो उनीसँग सुरक्षित हुने नै छ । अदालततर्फ नलागी प्रतिशोधको प्रत्युत्तरमा फेरि पनि अहिले जस्तै सञ्चारमाध्यमको दुरुपयोग गरे भने अहिले स्वतन्त्र पत्रकारिता भनेर चिच्याउने जमातले सिरोहियालाई काँध थापिराख्ला कि छोड्ला ?

र अर्को कुरा के भने,आज ज जसले सिरोहिया प्रकरणले देशमा अधिनायकवाद लागु भयो,प्रेस स्वतन्त्रता खोसियो र समाचार लेखेबापत भयो भनिरहेका छन् उनीहरुलाई नागरिकले सोध्नुपर्ने प्रश्न छ–हिजो त्यहि मिडियाका दर्जनौं सिद्धहस्त पत्रकारहरुले तलब सुविधा र हक पाउँ भनेर कालो ब्यानर बोकेर धर्ना दिँदा तिमीहरु कहाँ थियौ ?

जुन पत्रकारको श्रम पसिना र सीपको बुलन्दीमा टेकेर आज त्यो मिडिया एक नम्बर कहलायो उनीहरुको हकका लडाइमा ऐक्यबद्धता जनाउन तिमीहरुलाई कसले रोक्यो ? अझ जो आफूलाई पत्रकार सम्पादक भन्छन् तिनीहरु एउटा उद्यमीको लागि प्रेस वक्तव्य र नाराबाजी गर्न तयार भए तर आफ्ना सहकर्मी पत्रकारको पक्षमा एउटा वक्तव्य त परै जावस स्टाटस लेख्न समेत सकेनन् ।

यसबाट पनि प्रष्ट हुन्छ प्रेस स्वतन्त्रता र पत्रकारको स्वतन्त्रतापुर्वक लेख्ने अधिकार राज्यले होइन यस्तै दोगलापन्थीहरुका कारण कमजोर हुँदैछ । श्रमजिवी पत्रकारहरुले यस्ताहरुलाई ठाउँको ठाउँ प्रश्न सोध्ने र नांगेझार पार्ने आँट नगर्ने हो भने नेपालको सन्चार क्षेत्र र पत्रकारिता पत्रकारको होइन पैसावालको मात्र हुनेछ ।

कैलाशको मुद्दासँगै पत्रकारितासँग असम्बन्धित मुद्दामा सञ्चार कर्मसँग सम्बन्धित व्यक्ति (गैरपत्रकारसमेत) पक्राउ पर्दा प्रेस स्वतन्त्रता हनन हुन्छ/हुन्न भन्ने बहसको निष्कर्ष पनि अदालतले दिन सक्यो भने पत्रकारिताको यो हदको दुरुपयोग भविष्यमा पक्कै हुने छैन । नत्र कुनै न कुनै गैरकानूनी काममा संलग्न हुने सञ्चार उद्यमीको प्रतिरक्षामा ‘नूनको सोझो’ भन्दै पत्रकारहरुले यसरी नै निरन्तर सत्यको ढाकछोप र मिथ्याको प्रचार गरिरहनु पर्नेछ । बस, ढाकछोप गर्नुपर्ने पात्र र सन्दर्भ मात्रै त फेरिने हो !

Comments

16 responses to “सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती”

  1. खगेन्द्र Avatar
    खगेन्द्र

    राम्राे विश्लेषण

    1. Shankar Avatar
      Shankar

      सटीक विश्लेषण र जवाफ । नेपाल प्रेस ले आगामी दिनमा पनि यो स्तर र मर्यादा कायमै राख्ने मा विश्वस्त छु ।

      1. लोकराज शर्मा Avatar
        लोकराज शर्मा

        बाख्रो हराउनु र किरो कराउनु एकैपटक भएर हो कि महोदय ? सहकारी पीडितले न्याय पाउन पर्‍यो भनेर पनि कलम चले राम्रै हुन्थ्यो क्यार ।

  2. बालाहरि Avatar
    बालाहरि

    अत्यन्तै सन्दिर्बिक लेख लाग्यो।दोसि भय सजाय र निर्दोश भय घर फिर्तिको स्थान सुरक्षित छ त?अनि के को रोइला हो पत्रुकारहरुको

    1. Dipesh shrestha Avatar

      यदि छानविन सहि तवरले भयाे र सिराेहिया गलत सावि भएकाे खण्डमा अहिले सिराेहियाकाे लागि पिल्ल, बन्ने साँडे दसइ दर्जन पत्रकारहरु पेसामै रहनेकि सिराेहिया सँगै सति जाने भन्ने मेराे प्रस्न हाे।
      समाजमा कुनै गलत हुँदै छ भने त्यसबाट समाज र राज्य बचाउनका लागि सूचनाकाे वाहक हुनु पर्ने सञ्चार संस्था र सञ्चारकर्मिहरु नै यसरी बेतुक र बेईमानकाे तराजुमा चढ्छन् भने पत्रकारकाे परिचय रहन्छ??
      ती हिजाे प्रधानमन्त्रीलाई पत्र बुझाउन जाति सिराेहियाका र्याले अलपत्रकारहरुलाइ मेराे प्रस्न।

  3. Samir Avatar
    Samir

    सिरोहिया पक्राउ परेको समयमा कान्तिपुर परिसरमा देखिएको काङ्ग्रेसका ठुला नेता तथा कार्यकर्ता , शम्भु थापा , बिपुल पोखरेल लगायतको गतिविधि र नारावाजीले नेपालमा संगठित अराजकता कुन हदसम्म छ भन्ने प्रष्ट भएको छ। नागरिकता किर्तेमा पक्राउ परेको अभियुक्तले दुहाई दिन्छ, प्रेस स्वतन्त्रता र लोकतन्त्रको !

    1. Saroj chaulagain Avatar
      Saroj chaulagain

      सिरोहिया भनेको यो समाजको भाइरस हो।जस्ले नकरात्मक समाचार प्रचार गरि कसै को पोषण गरि आफुलाइ माथी पुर्यायको हो ।जब कुर नै नबुजी सरकार र गृहमन्त्री लाई गाली गर्नु कति जायज होला??यो समाज का सामाजिक अभियन्ता कलाकर वास्तविक कुरा नबुजी आफ्नो अभिब्यक्ती दिरहेको देख्दा कसैप्रती बिस्वास रहेन अब।।धन्यबाद नेपाल प्रेस वास्तविक समाचार ल्यायकोमा

  4. ksp pyl Avatar
    ksp pyl

    शिरोहिया बचाउन हिडेका सबै उसका भाडाका टट्टु हुन् । उनले पालेका पाल्तु हुन् ।अंगिकृतले मूल नेपालीलाई कसरी नोकर बनाएर राखेको रहेछ यो प्रकरणले छताछुल्ल बनाईदियो । यति नाङ्गो भैसकेपछि पनि तिमी जस्ताहरूलाई के पत्रकार, के वकिल, के नेता, के नागरिक समाज भनेर छुट्याउनु । तिमीहरू एक मुष्टमा दास हौ । शिरोहियाका दास । धिक्कार छ तिमीहरूलाई ।

    1. shivahari Pokharel Avatar
      shivahari Pokharel

      नेपाली पत्रकार जगत कसरी एउटा धनाड्य ब्यक्तिको दास हुदो रहेछ भन्ने ज्वलन्त उदाहरण पेश गरेर स्वतन्त्र पत्रकार जगत इतिहास लाई कालो धब्बा लगाए । कति सम्म निच र दास रहेछन पत्रकारको खोल ओढेका मनुवा हरु । यो आलेखले निभ्न लागेको दियोमा तेल थपेको छ । पत्रकार मित्रलाई हार्दिक धन्यवाद । हो यस्तै हो स्वतन्त्र पत्रकारिताको धर्म । जय होस ।

    2. जगदीश भण्डारी Avatar
      जगदीश भण्डारी

      पत्रकरिताको नाममा बार्गेनिङ गरि देस लुटने जनता लाई भरम छर्ने जनताको रगत चुस्ने मगन्ते सम्पादकहरु 12 भाइ सहित र पत्रकार महासघ को नेतृत्व पिपासु हरु पत्रकारिताको नाममा कलक हुन । यिनिहरुका गतिविधिले देस मा न्याय हराउने भयो । त्यसैले यीनिहरु लाई र यिनले चलाउने मिडियाहरु बहिष्कार गरौं ।

  5. महेन्द्र Avatar
    महेन्द्र

    यी चोर अनि चोरका मतियारहरुलाई जन्दगी बाट मेटाउनु पर्छ होला है?

  6. दुर्गा Avatar
    दुर्गा

    आह गजब यथार्थ परक लाग्यो।

  7. shivahari pokharel Avatar
    shivahari pokharel

    दास भाडाका टट्टु पत्रकारहरूको नास होस । नेपाल एक्स्प्रेसको जय होस

  8. Ramu Avatar
    Ramu

    गज्जब विश्लेषण!

  9. देबी प्रसाद दाहाल Avatar
    देबी प्रसाद दाहाल

    समाचार बिश्लेषण र टिपणी सत्यमा आधारीत लाग्यो यही नै बास्तबमा पत्रकारिता हो

  10. भवानी प्रसाद लिम्बु Avatar
    भवानी प्रसाद लिम्बु

    पत्रकारले नै यसरी सहि साचो कुरा लुकाउछ भने विस्वास गर्नु कस्को?

Leave a Reply

Your email address will not be published. Required fields are marked *