एकै महिनामा सवा २ अर्ब बराबरको करिब डेढ लाख थान स्मार्ट फोन आयात

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै करिब डेढ लाख सेट स्मार्टफोनहरू नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै २ अर्ब २५ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको १ लाख ३६ हजार ७९९ थान स्मार्टफोन आयात भएका हुन् ।

गत चैत महिनामा मात्रै २ अर्ब ५१ लाख १३ हजार रुपैयाँ बराबरका १ लाख ४२ हजार ३६४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका थिए ।

चालू आर्थिक वर्षको १० महिनासम्म कुल २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरका १५ लाख २८ हजार ६४४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका छन् । जस बापत नेपाल सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालू आर्थिक वर्षको मंसिर महिनामा मात्रै १ लाख ११ हजार ४०४ सेट स्मार्टफोनहरू नेपाल भित्रिएका थिए ।

त्यस्तै, फागुन महिनामा १ लाख २२ हजार ७९० थान र चैत महिनामा मात्रै १ लाख ४२ हजार ३६४ थान स्मार्टफोन नेपाल भित्रिएका थिए ।

नेपालमा स्मार्टफोनको सबैभन्दा ठुलो आयातकर्ता चीन हो । त्यसपछिको दोस्रो ठुलो आयातकर्ता भारत हो । नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्टफोनहरू आयात हुने गरेको छ ।

त्यस्तै ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्याण्ड, बेल्जियम, जोर्डन, माल्दिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्वीडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रबाट स्मार्टफोन आयात हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *