काठमाडौं । बुधबारदेखि सुरु भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा नेताहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन् । हिजोको बैठकमा नेताहरु गगन थापा, बलबहादुर केसी, आनन्द ढुंगाना र रामशरण महतले आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसद विघटनपछिकाे राजनीतिक कार्यदिशा के हुने भन्नेमा छलफल हुनेछ । आजकाे बैठकले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने मिति समेत तय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
Leave a Reply