प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि साझा धारणा बनाउन विपक्षी मोर्चाको बैठक

काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत हुने रणनीतिमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी मोर्चाको बैठक बसिरहेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।

तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफपछि थप बिच्किएको कांग्रेसले सदनको अवरोध जारी राख्ने निर्णय गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *