काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनाको उद्धारका लागि खराब मौसमका कारण समस्या भएको छ ।
आइतबार भएको दुर्घटनामा उक्त स्थानमा पुग्न कठिन भएको बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री होसेन आमिर अब्दुलाहानियन सवार थिए ।
उनीहरु इरान–अजरबैजान सीमा क्षेत्रबाट इरानको उत्तरपश्चिमको ताब्रीज जाँदै थिए । खराब मौसमले निम्त्याएको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

Leave a Reply