अशोक राई समूहका ७ सांसदलाई विश्वासको मत दिने प्रक्रियामा सामेल नगर्न सभामुखलाई उपेन्द्रको निवेदन

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत रोक्न सर्वोच्च अदालत गुहारेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभामुख देवराज घिमिरेलाई पनि निवेदन लेखेका छन् ।

संघीय संसद सचिवालयमा दर्ता भएको उनको निवेदनमा सांसदहरू अशोककुमार राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशीला श्रेष्ठलाई विश्वासको मतको प्रक्रियामा सामेल नगराउन अनुरोध गरेका छन् ।

अशोकको जनता समाजवादी पार्टीको दर्तालाई लिएर सर्वोच्च अदालतले निर्णयहरू यथास्थितिमा राख्न प्रारम्भिक आदेश दिएको स्मरण गराउँदै यादवले कुनै दलको तर्फबाट निर्वाचित भएको जनप्रतिनिधिले पदावधि कायम रहेसम्म दल त्याग गर्न नपाउने कानूनी प्रावधान रहेको निवेदनमा जिकिर गरेका छन् ।

यस्तो छ सभामुखलाई यादवले गरेको निवेदन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *