नेकपा एसको जिल्ला सदस्य छाडेर एमालेमै फर्किए खाल्टेका रामहरि र दीपक

धादिङ । नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कमिटीका दुई सदस्यसहित नीलकण्ठ नगरपालिका वडा नम्बर ५ को पार्टी कमिटीका सबै जना एमालेमा फर्किएका छन् ।

नेकपा एसका जिल्ला कमिटी सदस्य रामहरि ढुंगाना र दीपक खतिवडासहित वडा कमिटीका अध्यक्ष आरपी पुडासैनी, सानुकाजी बज्राचार्यलगायतको वडा कमिटीको टीम नेकपा एमालेमा फर्किएका हुन् ।

रगत पसिना बगाएर जीवनको ऊर्जाशील समय खर्चेको पार्टी छाडेर अन्यत्र लाग्दा राजनैतिक भविष्य नै समाप्त हुने देखिएपछि पुरानै पार्टी एमालेमा फर्किएको नेकपा एसका जिल्ला कमिटी सदस्य रामहरि ढुंगानाले बताए । ढुंगाना साविकको खाल्टे गाविसका पूर्वअध्यक्ष समेत हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा धादिङका संस्थापक नेता जगन्नाथ नेपाल, पूर्वमन्त्री डा. रामकुमार अधिकारी, जिल्ला कमिटी सचिव राधिका सापकोटा, जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज वेदनिधि पाठक, जिल्ला कमिटी सदस्य केदार खतिवडा, जिल्ला कमिटी सदस्य तथा वडा नं ५ का इन्चार्ज रमेश ढकाल, नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठ, काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष केदार जमकट्टेललगायत नेताहरूको सहभागिता थियो ।

Comments

One response to “नेकपा एसको जिल्ला सदस्य छाडेर एमालेमै फर्किए खाल्टेका रामहरि र दीपक”

  1. Bhim Kumar Lingden Avatar
    Bhim Kumar Lingden

    हुनेवला चाहि केही हैन भत्केपछि टालेकाे कुराले त्यतिराम्रो देखिदैन सुहाउँदिलाे हुँदैन र बलियाे पनि हुँदैन।पाेइला गएर पुरानै पाइकाे घरमा फर्के जस्तै हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *