कांग्रेस सत्तापक्षको रोमा प्रवेश गरेपछि धकेलाधकेलको स्थिति बन्यो : मन्त्री शर्मा (भिडिओ)

काठमाडौं । सरकारकी प्रवक्ता रेखा शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्तापक्षको रोमा प्रवेश गरेपछि सांसदहरुबीच धकेलाधकेल भएको बताएकी छन् । सदनमा धकेलाकेलको स्थितीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस गैरजिम्मेवार बनेको आरोप लगाइन् ।

उनले भनिन्, ‘आरोप लागेपछि बोल्न पाउनुपर्छ भन्ने हामी सबैको कुरा हो । बोलेर आफ्ना कुरा राख्न पाउनुपर्छ त्यहाँबाट समाधान निस्किन सक्छ भन्ने प्रतिपक्षसँग पनि त्यो कुरा भएको थियो तर, पछि उहाँहरुबीचमा के कुरा मिल्न सकेन । गृहमन्त्रीलाई बोल्न दिएपछि प्रतिपक्ष सत्तापक्षको रोभित्र छिर्यो त्यसपछि थोरै नराम्रै शैली देखियो। सरकारको रोभित्र छिरिसकेपछि त्यो स्थिति भएको हो, त्यो राम्रो भएन, जिम्मेवार प्रतिपक्ष जिम्मेवार भएको देखिएन। उहाँहरु सत्तापक्षको रोमा पस्न मिल्छ ?’

उनले सरकार कहिल्यैपनि प्रतिपक्षसँग नभिड्ने भन्दै गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *