कांग्रेसको वैदेशिक रोजगार समन्वय विभागमा चित्रबहादुर केसीदेखि महेश बस्नेतसम्म मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेको छ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार विभागमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहेका छन्। सो समितिमा सभापति देउवाले १० सदस्यीय मनोनयन गरेका हुन्।

यी हुन् मनोनीत सदस्य

१. चित्रबहादुर के.सी., रुपन्देही, हाल संयुक्त अरब इमिरेट्स

२. नवीन शेरचन, मुस्ताङ, हाल अमेरिका

३. राजेन्द्र अधिकारी, लमजुङ

४. जयश बोहरा, मोरङ्ग

५. देवकुमार खोखाली, सिन्धुपाल्चोक

६. दीपक थापा, स्याङ्जा

७. महेश बस्नेत, उदयपुर

८. सुजित श्रेष्ठ, झापा

९. हिरादेवी बुढाथोकी, काठमाडौँ

१०. सञ्जय पनेरु, गोरखा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *