समाजलाई सही ढंगले अघि बढाउन ट्रेड युनियन आन्दोलनले सही बाटो समात्नुपर्छ : महासचिव पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

पेशागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयन रहेको भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताएका हुन् ।

हिजो निरंकुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताए ।

उनले अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको बताए । आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उनको भनाइ छ । उनले समाजलाई सही ढंगले अघि बढाउनका लागि ट्रेड युनियन आन्दोलनले सही बाटो समात्नुपर्ने बताए ।

उनले अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको टिप्पणी गरे । समाजले सकारात्मक ढङ्गले नहेर्दा समाज परिवर्तन गर्न नसकिने उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *