टी-२० विश्वकप : नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाको टोली घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाले टी-२० विश्वकप क्रिकेट २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाले मङ्गलवार एडिन मर्क्रमको नेतृत्वमा टोली घोषणा गरेको हो।

विश्वकपमा नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा छन् । समूह ‘डी’ मा नेपाल र दक्षिण अफ्रिकासहित बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन्।

दक्षिण अफ्रिका टोलीः एडिन मर्क्रम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेनरिक्स, मार्को जान्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्किया, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राज शाम्सी र ट्रिस्टन स्टब्स।

टाभलिङ रिजर्भः नान्द्रे बर्गर र लुंगी एनगिडी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *