दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावित महोत्तरीका दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने अवस्थामा सरकार नभएको बताएका छन् ।

सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक समन्वय गरेर आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले भने, ‘प्रकोप कति बेला हुन्छ भन्ने थाहा हुँदैन । तर, घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा मैले स्पष्ट निर्देशन गरिसकेको छु । कुनै पनि प्रशासनले तत्काल दिने राहतहरुमा, तत्काल पैसा दिनुपर्ने अवस्था छन् भने कोष छ, त्यहाँ मिल्दैन भने मलाई भन्नुस् कहाँ हस्ताक्षर गर्नुपर्छ, कहाँ निर्णय गर्नुपर्छ तत्काल गर्नुस् । यो आएको निर्देशनलाई कार्यान्वयन गर्ने कुरामा कहीँ ढिलाइ भएको छैन, भइहाल्छ । मन्त्रालयको तर्फबाट आफैं सचेत भएर कुराकानी गरिरहेको छु ।’

आपत्त पर्दा बस्ने र खानेकै समस्या भयो भनेर ठूलो गुनासो आइरहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले समस्या समाधान गर्न निर्देशन दिए ।

उनले भने, ‘धेरै ठूलो प्रभावित भएको हो भने त्यसलाई व्यवस्थित गर्न सकिँदैन । त्यस्तो अवस्था नहुँदा राज्यसँग क्षमता सीमित छ भन्ने थाहा छ । तर आपत्त परेका दुईचार सय नागरिकलाई खाना नै खुवाउन नसक्नेगरी त्यो दरिद्रता त छैन । म ग्यारेन्टी दिन्छु । त्यसमा समन्वय पुगेको छैन ।

Comments

One response to “दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने”

  1. Bhan Bahadur Airi Avatar
    Bhan Bahadur Airi

    Mantri jyu tapaie KO bichar ramro xa karinda mathi goppya nigrani rakhnu hola sampurn Kura tha hunxa. Bato ma basne traffic prahari lair sabhya ra sayam bhaye r Kam garn nirdesan gari dinu hune xa bhanne aasa rakhda chhu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *