काठमाडौं । फागु पूर्णिमाको दिन ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा २ जनालाई कारागार पठाउने र तीन जनासँग धरौटी माग्ने आदेश भएको छ ।
चक्कु प्रहार गरेको आरोप लागेका विजय राई र उनलाई भगाएको आरोप लागेका राजु गुरुङलाई ललितपुर जिल्ला अदालतले बिहीबार थुनामा पठाउने थुनछेक आदेश गरेको हो ।
सुलभ राई र विशाल हाङमुकारुङ राईसँग पाँच पाँच लाख र छेन्विहाङ राईसँग ७ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

Leave a Reply