पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

जनकपुरधाम । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत रौतहटले आज उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।

सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।

स्रेस्तेदार ढोडारीका अनुसार मो. अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । सहनी ईटा भट्टाका मुनसी थिए ।

यस्तै, आरोपी मुक्ति शाहले सफाइ पाएका छन् । शाह पनि ईटाभट्टामै कार्यरत थिए । आरोपी ६ जनाको हकमा फैसला सुनाइएन । स्रेस्तेदार ढोडारीले ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताए ।

४ जनालाई जन्मकैद, एकजना सफाई, ६ जना मुलतवीमा राखिएको उनले बताए ।

 

Comments

3 responses to “पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय”

  1. D. B lwagun Avatar
    D. B lwagun

    ५/५जना को निर्मम हत्यारा लाई यो धर्ति मा बाच्ने अधिकार छैन जन्म कैद ले मात्र मिर्तक को आत्मा ले शान्ति पाउदैन फाशी को सजाय दिनु पर्छ नेपाल मा भ्रस्टाचार, हत्या हिम्शा बलात्कार लुटेरा डकैति मुक्त राष्ट्र बनाउन फाशी को कानुन अपरिहार्य छ

    1. Samir Avatar
      Samir

      जघन्य अपराध हो त्यो। तर व्यक्ति अपराधी भयो भनेर राज्यले नै हिंसा गर्नु त भएन नि! जंगली कानुन हो त्यस्तो मृत्युदण्ड भन्ने कुरा ।

    2. परदेशी कान्छो Avatar
      परदेशी कान्छो

      बुद्दको देश हो नेपाल। महात्मा बुद्दशिक्षाको रुपमा मृत्युदण्ड राखिनु हुन्न कानुनमा। मान्छे कुनै पनि पल सुध्रनसक्छ भन्नुहुन्छ बुद्द। ९९९ मान्छे मारेको अंगुलीमाललाई पनि बुद्दले सुधारेर भिक्षु बनाउनु भो। यसै गरी जस्तै अपराधी पनि सुध्रेर भिक्षु बन्न सम्भव छ। रगतको बदला रगत भन्ने भावको कानुन असभ्य समाजको कानुन हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *