गैरकानुनी सम्पत्ति आर्जनमा नेपाल टेलिकमका निलम्बित निर्देशक पौडेल कारागार चलान

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका नेपाल टेलिकमका निलम्बित निर्देशक सुनिल पौडेल कारागार चलान भएका छन्।

विशेष अदालतले बुधबार पौडेललाई थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त आदेश गरेको विशेष अदालतले जनाएको छ।

पौडेलविरुद्ध २३ करोड ७५ लाख गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *