कतारी राजाको बंगलादेश भ्रमण : यी हुन् सम्झौता तथा सहमतिहरु

काठमाडौं । नेपाल आउनु भन्दा अगाडिको राजकीय भ्रमणममा रहेका कतारी राजाको उपस्थितिमा कतार र बंगलादेशले विभिन्न सहकार्यको घोषणा गरेका छन् ।

आजै दोहा र ढाकाले कतारी राजा आमिर शेख तामिम बिन हमाल अल थानी तथा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा सम्बन्धित क्षेत्रका मन्त्री तथा अधिकारीहरुले विभिन्न सम्झौता गरेका छन् ।

सोमबार बंगलादेश पुगेका कतारी राजा उक्त सम्झौताको साक्षी भएका थिए । भारतको समाचार पोर्टल फर्स्ट पोस्टका अनुसार पाँच सहकार्यहरु यस्ता छन्ः

१. बंगलादेश र कतारको कानूनी क्षेत्रमा सहकार्य गर्ने सहमति

२. एकआपसका लगानीको प्रवर्द्धन तथा संरक्षण गर्ने सहमति

३. दोहोरो करको समस्या हल गर्ने सहमति

४. सामुद्रिक यातायातबारेमा सहमति

५. साझा व्यापारिक परिषद् स्थापना गर्ने सहमति

यस्तै, कतार र बंगलादेशले गरेका पाँच अवधारणापत्रमा पनि सार्वजनिक भएका छन् । जुन यस प्रकारका छन्ः

१. युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने

२. श्रम तथा जनशक्ति रोजगार क्षेत्रमा सहकार्य गर्ने

३. कूटनीतिक तालिमका क्षेत्रमा सहकार्य गर्ने

४. शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने

आजै बंगलादेशको राजकिय भ्रमण सकेर साँझ साढे पाँच बजे कतारी राजा नेपालको दुई दिने राजकीय भ्रमणको लागि काठमाडौं ओर्लने कार्यक्रम छ । बंगलादेश अगाडि कतारी राजा फिलिपिन्सको भ्रमणमा थिए ।

याे पनि पढ्नुस् : बंगलादेशको राजकीय भ्रमण सकेर सीधै काठमाडौं ओर्लिँदै कतारी राजा

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *