यस्ता छन् मन्त्रिपरिषद्का २९ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल हज समितिको अध्यक्षमा इस्नामुल्ला मियाँ (नवलपरासी)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले प्रस्ताव गरेका मियालाई हज समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौं निवासी पूजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा शनिवार बाहेकका अन्य सार्वजनिक बिदाका दिनमा समेत गोश्वारा हुलाक कार्यालय, हुलाक निर्देशनालय, जिल्ला हुलाक कार्यालय र अन्तरगतका हुलाक कार्यालय सञ्चालन हुने गरी बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् पछिल्ला दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका २९ वटा निर्णय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *