गोदावरीमा नेकपाको हीरक महोत्सव : वामदेवदेखि बाबुरामसम्म पुगे, माधव गएनन्

काठमाडौं । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोह सुरू भएको छ । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो ।

समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन् ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिने तयारी छ । भण्डारी समारोहमा पुगिसकेकी छन् ।

Comments

One response to “गोदावरीमा नेकपाको हीरक महोत्सव : वामदेवदेखि बाबुरामसम्म पुगे, माधव गएनन्”

  1. Samir Avatar
    Samir

    पुराना भ्रष्ट पार्टी र नेताको जमघट रहेछ। त्यसैले सबै नेपालीको रोजाईको राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति रवि लामिछानेलाई निम्तो गरेनन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *