बाबुराम छाडेको ४ दिनमै विश्वदीपलाई प्रधानमन्त्रीले बनाए युवा तथा सामाजिक विकास विज्ञ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् ।

चार दिन अघि मात्रै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छोडेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका पाण्डेलाई प्रधानमन्त्रीले पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द आचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।

भट्टराई नेतृत्वको नेसपाको प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे चार दिन अघि वैशाख तीन गते मात्रै माओवादी केन्द्र प्रवेश गरेका थिए । उनी भट्टराईसँगै नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म पुगेका थिए ।

Comments

One response to “बाबुराम छाडेको ४ दिनमै विश्वदीपलाई प्रधानमन्त्रीले बनाए युवा तथा सामाजिक विकास विज्ञ”

  1. Samir Avatar
    Samir

    के आधारमा विज्ञ भएछ यो मान्छे?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *