काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले कतारविरुद्ध अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्र २१ बलमा ६४ रनमा अविजित रहे । उनले ७ छक्का र ३ चौका प्रहार गरे ।
दीपेन्द्रले यसअघि चीनमा भएको एसियन गेममा मंगोलियाविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

Leave a Reply