इलाम-२ को मिसनमा रास्वपा, उपसभापति अर्यालको दाबी- घण्टी अवश्य बज्नेछ

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु इलाम पुगेका छन् । इलाम २ का उम्मेदवार मिलन योङहाङ लिम्बूको पक्षमा माहोल बनाउन नेताहरू इलाम पुगेका हुन् ।

अहिले श्रम मन्त्रीसमेत रहेका रास्वपा उपसभापसति डिपी अर्याल इलाम पुगेर उपनिर्वाचनका विषयमा छलफल जुटेका छन् ।

उनले भनेका छन्, ‘नयाँ वर्षको पहिलो दिन इलाम पुगेर उपनिर्वाचनका विषयमा केही महत्त्वपूर्ण व्यक्तिहरूसँग महत्वपूर्ण छलफल भएको छ । नयाँ वर्षले नयाँ किरणहरू देखाएझैँ इलाम २ मा आशाका किरणहरू देखा परेका छन् ।’

पार्टी उपसभापतिको हैसियतले, निर्वाचन घोषणा भएदेखि हालसम्मको अवस्था बुझ्ने काम भइरहेको बताए । सहमहामन्त्री एवम् इलाम निर्वाचनका कमान्डर कवीन्द्र बुर्लाकोटीलगायत त्यहाँ खटिएका नेताहरुसँग सुझाव संकलन गर्दै केही निर्देशनसमेत दिने काम भएको बताए ।

उनले थपेका छन्, ‘इलाम घण्टीमय भएको छ। घण्टी अवश्य बज्नेछ। जय देश, जय घण्टी ।’

उपसभापति अर्यालसहित भोलि अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहप्रवक्ता रमेश प्रसाई, कोशी प्रदेश सभापति राजेश तिमिल्सिना लगायतको टोली भोलि दिनभर घरदैलो कार्यक्रम गर्ने तयारीमा छ ।

भोलि पार्टीका शीर्ष नेताहरुको उपस्थितीमा घरदैलो कोणसभादेखि भोलि पत्रकार सम्मेलन गर्ने रास्वपाको तयारी छ । इलाम २ मा लिम्बुसँग एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का प्रतिस्पर्धामा छन् ।

 

Comments

One response to “इलाम-२ को मिसनमा रास्वपा, उपसभापति अर्यालको दाबी- घण्टी अवश्य बज्नेछ”

  1. शिव पौडेल Avatar
    शिव पौडेल

    रास्ष्टृय ठग पार्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *