संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस अडानबाट ब्याक हुँदैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन्।

सरकारका मन्त्रीहरूका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने उनको भनाइ छ।

काठमाडौंको नयाँ बानेश्वरमा आज आयोजित कार्यक्रम बोल्दै उनले भने- सरकारले संसद् सुचारु गराउन चाहेको छैन। जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक हुँदैन।

अर्बौँ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेस आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागे पनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्नपछि नहट्ने समेत बताए।

अहिले कांग्रेसको कारण नभई सरकारकै गैर जिम्मेवारीकै कारण संसद् सुचारु हुन नसकेको उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *