अज्ञात समूहले काटेकाे थियाे फुल्दै गरेको बुद्धचित्तको रुख, भेटियाे जनमुक्ति सेना लेखिएको टिसर्ट

काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–५ मा अज्ञात समूहले मध्यरातमा बुद्धचित्तकाे रुख काटेका छन्। नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको रुख काटिएको वडाध्यक्ष निर्दोष लामाले जानकारी दिए।

‘सबैभन्दा धेरै फल्ने रुख काटिएको भन्ने छ’, लामाले भने। उनका अनुसार राती २ बजेको समयमा २०/२५ जनाको समूहले रुख काट्ने मेसिनले ती रुखहरु ढालेका थिए। घटना भएको ठाउँ राजमार्गबाट करिब ५ किलोमिटर दुरीमा पर्छ।

बुद्ध धर्मालम्बीहरुले मालाका रुपमा प्रयोग गर्ने बुद्धचित्त महँगो मानिने गर्छ। तामाङ परिवारले गत वर्ष ९० लाख रुपैयाँको दाना विक्री गरी वडालाई करिब ५ लाख रुपैयाँ राजस्व बुझाएको वडाध्यक्ष लामाले जानकारी दिए।

प्रहरीले घटनास्थलमा जनमुक्ति सेना लेखिएको टिसर्ट र विस्फोटक पदार्थ भेटिएको जनाएको छ।

Comments

One response to “अज्ञात समूहले काटेकाे थियाे फुल्दै गरेको बुद्धचित्तको रुख, भेटियाे जनमुक्ति सेना लेखिएको टिसर्ट”

  1. ksp pyl Avatar
    ksp pyl

    विप्लववाला होलान । लुटेर खान पल्केका कम्युनिष्ट नामधारीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *