मन्त्रीहरूसहित एमाले अध्यक्ष ओली ओलाङचुङगोलामा, तमोर करिडोर पनि अवलोकन गर्ने (तस्बिरहरू)

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपूर्वको नेपाल-चीन सिमाना ओलाङचुङ्गोला पुगेका छन् ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ताप्लेजुङका सांसद समेत रहेका पार्टी सचिव योगेश भट्टराई र रक्षामन्त्री हरि उप्रेतीसहित ओली तमोर कोरिडोर अवलोकनका लागि गएका हुन् ।

ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका छन् । ओलीले तमोर करिडोरको अवलोकनका साथै टिप्तला नाकाको स्थलगत अनुगमनको कार्यक्रम समेत रहेको युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले बताए ।

एमाले नेता तथा आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,युवा संघ अध्यक्ष थेबेलगायतका नेताहरूले ओलीलाई स्वागत गरेका छन् ।

Comments

One response to “मन्त्रीहरूसहित एमाले अध्यक्ष ओली ओलाङचुङगोलामा, तमोर करिडोर पनि अवलोकन गर्ने (तस्बिरहरू)”

  1. राम प्रसाद शर्मा । Avatar
    राम प्रसाद शर्मा ।

    नेकपा एमाले जिन्दावाद नेकपा एमाले ले राष्ट्र हित का काम अरु ले भन्दा धेरै गर्न सक्छ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *