घरमै हार्‍याे पिएसजी

काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तरगत क्वाटरफाइनलको‌ पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) लाई स्पेनिस टोली बार्सिलोनाले उसैको घरमा पराजित गरेको छ।

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भयो। खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। फिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८औं मिनेटमा पिएसजीका उसमान डेम्बेलेले गोल गर्दै खेल खेल बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा पिएसजीका फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई २-१ को अग्रता दिलाए।

तर ६२औं मिनेटमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। ७७औं मिनेटमा आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई जित दिलाइदिए ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २–१ ले हराएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *