कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की ५० वर्षीया जसुता वटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आज बिहान घाँस दाउरा गर्न स्थानीय खोटेना भुराखानी सामुदायिक वनमा गएको समयमा हात्तीले आक्रमण गरेको थियो।
हात्तीले आक्रमण गर्दासँगै गएका अरू भाग्न सफल भएका र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

Leave a Reply