लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिँदै, एमालेबाट चेतनारायणले नेतृत्व गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार सानो आकारमा मन्त्रिमण्डल गठन गर्दैछन्।

आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथ लिएपछि थप तीन जना मन्त्रीले शपथ लिनेछन्।

नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना मन्त्रीको पनि शपथ हुने स्रोतले जनाएको छ।

एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्न थालेका हुन्।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *